logo-img

नेयमारको निर्णायक गोलमा पिएसजीको कठिन जित

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । पिएसजीले घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ब्रेस्टविरुद्ध १–० को कठिन जित निकालेको हो ।

खेलको ३० औं मिनेटमा नेयमारले परेको एक मात्र गोल घरेलु टोलीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

७० औं मिनेटमा इस्लाम स्लिमानी पेनाल्टीमा चुक्दा ब्रेस्टले बराबरी गर्ने अवसर गुमायो । यो जितसँगै ७ खेलमा १९ अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहँदा पराजित ब्रेस्ट समान खेलबाट ५ अंकका साथ १७ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लेन्सले ट्रोयसलाईलाई १–० तथा मार्सेलीले लियोनलाई २–१ ले पराजित गरे ।  





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ७:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया