logo-img

यात्रुले विमान परिचरको औँला टोकिदिएपछि आपतकालीन अवतरण

इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । 

उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए । 

जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए । 

उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए । तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औँला टोकिदिएका थिए । यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिविम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १५:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया