logo-img

खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु

खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको मृत्यु भएको हो । 

खुकुरीले गर्दनमा लागेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

काका भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको हो । मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । उनका परिवारका सदस्य बाहिर रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १८:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया