logo-img

१३ हजारले अवलोकन गरे थाहा फोटो प्रदर्शनी

थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको वसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय विदेशीसहित करिब १३ हजारजनाले अवलोकन गरेका छन्  ।
थाहा नगर र इन्द्रसरोवर आसपासका युवा फोटो पत्रकार गणेश विष्टले खिचेका करिब एक सय फोटो यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो ।

फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको विकासलाई टेवा पुगेको नगर प्रमुख विष्णुबहादुर बिष्टले बताए ।

प्रदर्शनीमा राखिएका मध्ये १५ वटा फोटो जर्मन न्युजिल्यान्ड र उक्रेनका पर्यटकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । उनले फोटो प्रदर्शनी सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

तीन दिनसम्म भएको प्रदर्शनीमा राखिएका फोटोहरु अत्यन्तै उत्साहपूर्ण ढंगले भव्य रुपमा सम्पन्न भएको र आफ्नो मिहिनेतको उपलब्धि मिलेको फोटोग्राफर गणेश विष्टले बताए । 

उनले यस प्रदर्शनीले आफूले धेरै कुरा सिक्न अवसर मिलेको बताए । फोटो प्रदर्शनीको १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार २१:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया