logo-img

मतगणना पाँच दिनभित्र सक्छौँ : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने दाबी गरेको छ । 
बिहीबार पत्रकार सम्मेलन गरेर आयोगले यस्तो दाबी गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताए । 

उनले भने, ‘४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ ।’ 

प्रमुख आयुक्त थपलियाले मतदानका दिन बिदा दिन निजी क्षेत्रलाई आह्वान पनि गरे । यसअघि सरकारले मंसिर ४ र ५ गते दुई दिन चुनावी बिदा घोषणा गरिसकेको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १५:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया