दुईतिहाइको रापले उम्लिएको सरकार एक वर्षभित्रै सिद्धिन्छ – मीन विश्वकर्मा

बुटवल— कांग्रेस नेता मीन विश्वकर्माले ‘दुईतिहाइको रापले उम्लिएको सरकार एक वर्षभित्रै सिद्धिने’ टिप्पणी गरेका छन् । नेपाल महिला संघको आयोजनामा शनिबार भएको सरकारविरुद्ध बृहत् प्रदर्शन तथा विरोधसभामा नेता विश्वकर्माले राज्यले नै अपराधी संरक्षण गर्दा हत्या–हिंसा, बलात्कारजस्ता आपराधिक घटनाका साथै भ्रष्टाचार र कुशासन बढेको उल्लेख गरे ।

वाइडबडी, फोरजी सेवा, प्रदेश ५ को गाडी खरिद प्रकरणलगायत भ्रष्टाचार काण्डले कम्युनिष्ट सरकारको वास्तविक चरित्र जनतासामु उदांगो भएको भन्दै नेता विश्वकर्माले केन्द्र र प्रदेश दुवै सरकारले दुईतिहाइको बहुमत भ्रष्टाचार गर्ने र अपराधी जोगाउने लाइसेन्सको रुपमा प्रयोग गरेको आरोप लगाए ।

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय उपसभापति सरस्वती तिवारीले बालिकाको हत्या र बलात्कार गर्ने अपराधीलाई राज्यले नै संरक्षण गरेपछि देशभर महिला हिंसा–हत्या बलात्कारका घटना बढेको बताइन् । कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले सोझा जनता झुक्याएर पाएको दुईतिहाइको दम्भमा सरकार अन्धो भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिक्क भइसकेको बताए ।  





  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २१:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया