logo-img

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच द्विपक्षीय बैठक जारी

दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला वान टु वान भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा द्विपक्षीय बैठक भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोग लगायत विविध पाँच समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरूसहित मंगलबार दिउँसो काठमाडौं आएका हुन् । शेख थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे । थानी मंगलाबर राष्ट्रपति पौडेलले शीतल निवासमा आयोजन गरेको रात्रि भोजमा सहभागी भएका थिए । 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ११:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया