पोल्याण्ड भर्सेस मेक्सिको : प्लेयर्स टु वाच

कतारमा जारी फिफा विश्वकपमा आज पोल्याण्ड र मेक्सिको प्रतिस्पर्धा गर्दैछन् । समूह ‘सी’ अन्तर्गत हुने पोल्याण्ड र मेक्सिकोबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुनेछ । 

दुवै टोली  जित निकाल्दै विश्वकपमा विजयी सुरुवात गर्न चाहन्छन् ।

खेलको ‘प्लेयर्स टु वाच’ 

रोबर्ट लेवान्डोस्की

स्ट्राइकर लेवान्डोस्की पोलिस टोलीका कप्तानसमेत हुन् । टोली उनकै प्रदर्शनमा निर्भर रहनेछ । पछिल्लो समय उत्कृष्ट लयमा देखिएका लेवान्डोस्की विपक्षीका लागि घातक बन्न सक्छन् । 

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने उनले देशका लागि १३४ खेलमा ७६ गोल गरेका छन् । ३४ वर्षीय लेवान्डोस्की लागि यो अन्तिम विश्वकप हुनसक्छ त्यसैले उनी यसलाई यादगार बनाउन चाहन्छन् ।



उनी दोस्रोपटक विश्वकप खेल्दै छन् । यसअघि लोवान्डोस्कीले २०१८ को विश्वकप खेलेका थिए तर टोलीले   समूह चरण भने पार गर्न सकेन ।    

राउल जिमिनेज 



अनुभवी फरवार्ड जिमिनेज मेक्सिकोका प्रमुख खेलाडी हुन् । ३१ वर्षीय उनी विपक्षीका लागि समस्या बन्न सक्छन् । 

इंग्लिस क्लब उल्भ्सबाट व्यवसायिक फुटबल खेल्ने जिमिनेजले देशका लागि ९५ खेलमा २९ गोल गरेका छन् । उनी टोलीका लागि वर्तमान समयमा खेलिरहेका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

जिमिनेज तेस्रोपटक विश्वकप खेल्दैछन् । उनले यसअघि २०१४ र २०१८ को विश्वकप खेलेका थिए । दुवैमा टोलीले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया