रवि लामिछानेको नागरिकता तथा पासपोर्ट विवादमा काठमाडौं प्रहरीले सुरु गर्‍यो अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएको हो । त्यसपछि प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले छानबिनको प्रक्रिया अगाडि बढाएको हो । 

यसअघि ४ मंसिरमा भएको निर्वाचनअगाडि नै लामिछानेको नागरिकताको विषयमा विवाद भएको थियो । उनले अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता खारेजी नगरेको र पुरानै नागरिकता प्रयोग गरेको आरोप उनीमाथि लागेको हो । उनले नेपाली पासपोर्ट लिँदा उनको अमेरिकी पासपोर्ट कायम रहेको पनि विवाद निस्किएको छ । 

४ मंसिरको निर्वाचनमा उनले पुरानै नागरिकता प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । तर, उनले स्पष्टिकरण दिँदा मत परिणाम आउन थालिसकेको थियो । त्यसपछि उनीविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो ।

राहदानी ऐन २०७६ को दफा २१ ९क० मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ । यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १४:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया