logo-img

जनकपुरधाम–८ स्थित कपालमोचनी सरको जग्गा तत्काल लिजमा नलगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनकपुरधाम–८ स्थित कपालमोचनी सरको जग्गा तत्काल लिजमा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने ५६ वर्षीय रामनारायण साहले गुठी संस्थानलाई विपक्षी बनाएर दिएको रिट निवेदनमा सर्वोच्चले यस्तो आदेश दिएको हो । 

सर्वोच्चका न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले साहको निवेदनमा सुनुवाई गर्दै हालका लागि गुठी संस्थानले ३० वर्षका लागि लिजमा दिने गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । 

निवेदकको तर्फबाट अधिवक्ताद्वय अरुण कुमार पञ्जियार र सुवास खड्काले बहस गरेका थिए । 

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२ को २ (ख) बमोजिम विपक्षीको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । 

गुठी संस्थान प्रधान कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १९:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया