फाइनलअघि फ्रान्सका खेलाडीलाई ‘रहस्यमयी भाइरस’को आक्रमण

आइतबार अर्जेन्टिनासँग विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीलाई नयाँ भाइरसले आक्रमण गरेको छ । उनीहरुलाई चिसो जस्तो लक्षणका कारण समस्या भएको हो । उनीहरुले यसैका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् ।

राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले यो समस्याका कारण प्रशिक्षण गुमाएका हुन् ।

फ्रान्सको राष्ट्रिय टोलीको शिविरमा देखिएको यो भाइरसका कारण यसअघि सेमिफाइनलमा प्रमुख मिडफिल्डर एड्रियन राबियोट र डायोट उपामेकानोले मोरक्कोसँगको सेमिफाइनल खेल गुमाउन पुगेका थिए ।

यी दुवै खेलाडी शुक्रबारको प्रशिक्षणमा फर्किए पनि अन्य तीनले फाइनल गुमाउन सक्ने सम्भावना बढेको बताइएको छ ।

यो फाइनल जितेर फ्रान्सले १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेको रेकर्डसँग बराबरी गर्न चाहन्छ ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १०:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया