गठबन्धन छाड्ने माओवादी धम्कीपछि कांग्रेसले बढायो एमालेसँग छलफल, देउवाको दूत बनेर निधि बालकोटमा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्। एमालेले गठबन्धन छाड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग संवाद अगाडि बढाएको हो । 

गठबन्धको बैठकलगत्तै बालकोट पुगेर निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। 

उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ। भेटमा निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देश ओलीलाई सुनाएका थिए। 

गठबन्धन बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउवालाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए।

त्यसपछि शनिबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको थियो।

एमाले अध्यक्ष ओलीले पनि आज एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने बताएका थिए। एमालेमा र कांग्रेसमा दुई दलबीच सहकार्य गरेर अघि बढ्न केही नेताहरुले सुझाब दिँदै आएका छन् ।  





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार २०:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया