logo-img

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने सेवा प्रदायकहरुकाे चेतावनी

इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा इन्टरनेट सेवा रोकिन सक्ने बताएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले विद्युत प्राधिकरणको गैरकानुनी क्रियाकलाप नरोकिएसम्म इन्टरनेट सेवा प्रदान गर्न अफ्ठ्यारो हुने बताए ।
 
विद्युत प्राधिकरणले हाल काठमाडौं, विराटनगर, इनरुवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटेकोले सो स्थानमा सेवा रोकिन सक्ने आइस्पानले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १८:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया