नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स खेल्दै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ ।

विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै फाइनलमा पुगेको हो । लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

दुवै टिम उत्कृष्ट लयमा रहेकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । विराटनगर पछिल्लो चार खेलमा अपराजित छ । त्यस्तै, लुम्बिनी पनि उच्च लयमा छ । समूह चरणको दुवै खेलमा लुम्बिनीले विराटनगरलाई हराएको थियो ।

जारी लिगमा विराटनगरमा रोहित पौडेल र लुम्बिनीको टिममा दीपेन्द्रसिंह ऐरी कप्तान छन् । ​लिगको विजेता टिमले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ८:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया