logo-img

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए ।

अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो। नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि अखिलको अधिवेशन हुन सकेको थिएन ।

महाअधिवेशनअघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ। महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ ।

माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीबाट प्रतिनिधि छनोट गरिने महासचिव बडालले जानकारी दिए ।

महाधिवेशनका लागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेका जनसङ्गठनको भेलाले राष्ट्रिय अधिवेशन/सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । उनका अनुसार अधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कमिटी चयन गरिनेछ। अधिवेशन काठमाडौँमा हुने जनाइएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १७:२८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया