logo-img

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएकी छिन् । 

वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौंमा विमोचन गर्दै उनले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताइन् । 

पूर्वीयदर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास लिएकाे भन्दै सञ्चारमन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरिन् । 
 
प्रा.डा. कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मनजित्न सफल हुने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताए । 
 
पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीयदर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, संघर्ष र चुनौतीलाई समेटेको जानकारी दिए । 
     
नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहेका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छवटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् । 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १६:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया