logo-img

विमान दुर्घटनामा ६८ जनाको शव भेटियो

पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव भेटिएको छ । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जनाएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।  

त्यहाँ क्रेनको प्रयोग गरी उद्धारको प्रयास पनि जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । 

९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।

जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला थिए।  यती एयरलाइन्सले जनाए अनुसार जहाजमा १५ जना विदेशी यात्रु सवार थिए । जसमा पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक रहेका थिए ।  





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १७:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया