नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख राजनीतिक दलको ध्यान देशको हितमा भन्दा सत्ताकेन्द्रित हुने गरेको बताएका छन् ।
सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा केन्द्रित हुने गरेकाले देशतिर ध्यान जान नसकेको उनको स्वीकारोक्ति छ ।
आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताए ।
उनले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताए । लोकतान्त्रिक अभ्यासबाट चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिने उनको भनाइ छ ।
ओलीले आयुर्वेद भनेको उपचार मात्रै नभई जीवनपद्धति पनि भएकाले यसलाई सबैले अवलम्बन गर्नुपर्ने जिकिर गरे । ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने उनको प्रतिबद्धता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।