logo-img

संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे
फाइल तस्बिर

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएका छन् । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरे ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।’

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे । ‘संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु’, उनले भने ।

उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे । 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १४:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया