विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री रावल

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने तयारी गरेका छन् ।  प्रदेश सभामुख भीम भण्डारीका अनुसार  २५ गते विश्वासको मत लिने गरी छलफल भइरहेको जानकारी दिए । 

‘अहिले निर्णय चाहिँ भइसकेको छैन । तर, २५ गते विश्वासको मत लिने गरी कुरा भइरहेको छ’ उनले भने । नागरिक उन्मुक्ति पार्टी लचक भयसँगै मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरेको हुन्  । टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो । 

अहिले सम्म विश्वासको मत दिने विषयमा निर्णय नभए पनि विश्वासको मत दिने विषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका नेताहरूको भनाइ छ । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । 

५३ सदस्यीय प्रदेश सभामा सत्ता पक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १३:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया