logo-img

अनेरास्ववियुको महाधिवेशनकाे तयारी पूरा, विद्युतीय मेसिनबाट मतदान हुने

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् । 

नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदि सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् । 

आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् । 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १६:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया