logo-img

जसपा विभाजन, राईको अध्यक्षतामा नयाँ पार्टी गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल दल विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको हो ।  

हाल जसपा नेपालका अध्यक्ष यादव भने अमेरिकाको भ्रमणमा रहेका छन् । राईको पक्षमा ९ जना सांसद उभिएका छन् । 

संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ जना सांसदले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएका नेता प्रदीप यादवले जानकारी दिए ।  

नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्तावित गरिएको छ ।  





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १७:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया