logo-img

संघीयता खारेजीको माग गर्दै जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।  

पार्टी अध्यक्ष केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेर संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको बताइएको छ ।

ज्ञापनपत्र बुझाउन अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने वालुवाटारमा पुगेका थिए । 





  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार ९:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया