सुटुक्क युक्रेन भ्रमण गरेर फर्किए बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमण गरेका छन् । बाइडेन पोल्याण्डबाट रेल चढेर शनिबार युक्रेनको राजधानी किभ पुगेर फर्किएका हुन् । 

रुस–युक्रेन युद्धको वर्ष दिन पुग्नै लाग्दा बाइडेनले युक्रेनको भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण थालेपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन भ्रमण हो ।

अमेरिकाले गत शुक्रबार मात्र बाइडेनको युक्रेन भ्रमणबारे निर्णय गरेको थियो । सुरक्षा संवेदनशीलताका कारण भ्रमण गोप्य राखिएको बताइएको छ । 

बाइडेनको भ्रमणले युक्रेनी नागरिक र सेनाको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भ्रमण पूरा भएपछि अमेरिकाले यसबारेमा रुसलाई पनि जानकारी दिइसकेको ह्वाइट हाउसले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार २०:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया