logo-img

मूर्तिसहित मन्दिरबाट लाखौँको चोरी

धनुषाको एक मन्दिरबाट शनिबार राति लाखौँको चोरी भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राति चोरी भएको हो । 

मन्दिरबाट राजदेवी भगवानको मूर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब ६ लाख बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले बताए । उनले राति करिब १२ बजेको समयमा चोरी भएको जानकारी दिए ।

महेन्द्रनगर–जनकपुरधाम सडक खण्डसँगै टाँसिएको ऐतिहासिक राजदेवी मन्दिर निकै प्रसिद्ध छ । मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीर रूपमा लिएका छन् । चोरी भएको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ । त्यहाँका साधुसन्त तथा स्थानीयवासीले चोरलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले घटना सम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटिसकेको जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १५:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया