logo-img

चितवन–२ को उपनिर्वाचनमा जनमोर्चाबाट जनकराज शर्मा उम्मेदवार

राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  

साथै, बैठकले उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । अध्यक्ष चित्रबहादुर केसीका अनुसार उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताए । 

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि निर्वाचन आयोगले आगामी १० वैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार ७:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया