logo-img

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले पुनः विश्वासको मत लिएका हुन् । 

गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा विश्वासको मत पाएका थिए । 

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एकजना सांसदले उको पक्षमा मत हाले ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।  





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १७:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया