logo-img

सरकारले लियो गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिएको छ । सरकारले रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो । 

धुर्मुस सुन्तली फाउण्डेसनले सुरु गरेको सो रंगशालाको काम लामो समयदेखि रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिँदै निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो । 

रंगशाला निर्माणको काम युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने र निर्माण सम्पन्न भएपछि भरतपुर महानगरलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । 

सरकारले भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । 

रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सामग्रीलगायतको १७ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल रहँदै आएको थियो । 

रंगशाला निर्माण अघि बढेसँगै यसको पक्ष र विपक्षमा विभिन्न टीका–टिप्प्णी हुँदै आएका थिए । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि रंगशाला निर्माणले गति लिने भएको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार २१:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया