logo-img

देशको राजनीति प्रतिगमनतर्फ उन्मुख : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको बताएका छन् । भरतपुरमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भएकाले राष्ट्रियतामा गम्भीर खतरा बढेको टिप्पणीसमेत गरे । 

‘राष्ट्र र राष्ट्रियताको विषयमा हामीले गम्भीर भएर आवाज उठाउँदै आएको तर पनि प्रतिगमनकारीहरूले अहिले टाउको उठाइरहेका छन्, देशमा अहिले पनि गणतन्त्रको आवश्यकता छ,’ केसीले भने ।   

उनले गणतन्त्र बचाउन सत्ता गठबन्धनको आवश्यकता अहिले पनि उत्तिकै रहेको बताए । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन–२ मा जनमोर्चाले आफ्नो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।   





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १२:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया