logo-img

सगरमाथा हिमपहिरोमा परी बेपत्ताको खोजतलास जारी

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । 

बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । 

विभागका अनुसार चालू वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका हुन् ।     

सिम्रिक एयरको हेलिकोप्टर र स्थलगत मार्गबाट तीव्र रूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार २१:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया