logo-img

उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरजकृष्ण वैद्य निर्वाचित भएका छन् ।

रामचन्द्र संघाइ प्यानलबाट प्रतिस्पर्धा गरेका उनले ४३ मत पाए । ​अञ्जन श्रेष्ठ प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा चुनाव लडेका अरुणराज सुमार्गी (३७) र उमेशलाल प्यानलका दिनेश श्रेष्ठ (३४) भने पराजित भए ।  

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल ६१ मतसहित विजयी भएका छन् । उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए । जिल्ला नगरतर्फ श्रेष्ठको प्यानलको वर्चस्व देखिएको छ ।

उनको समूहबाट निर्वाचित सदस्यमा अब्दुल बाहिद मन्सुर, अमरेश चन्द्र बैदार, उज्जव प्रसाद कसजु, उमेश डालमिया, कल्पना गैरे, किरोश कुरमार आचार्य, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, निरक केसी, प्रयास कार्की, मन्जुकुमार श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ विजयी भइसकेका छन् ।

त्यस्तै, अञ्जन श्रेष्ठको समूहबाट विजयी हुने सदस्यमा अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटवाल, नवीन रिजाल, पुष्पराज कुँवर र बेदबहादुर श्रेष्ठ रहेका छन् । 

वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ६:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया