logo-img

चेल्सीविरुद्ध रियलको सहज जित

युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।

गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा रियलको जितमा करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरे । 

खेलको २१ औँ मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । ५९ औँ मिनेटमा बेन चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमै सीमित भयो । 

असेन्सिओले ७४ औँ मिनेटमा भिनिसयसकै पासमा गोल गर्दै रियललाई २–० को सहज जित दिलाए । रियल र चेल्सीबीचको दोस्रो लेग १९ अप्रिलमा हुनेछ । अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ७:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया