logo-img

उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा, अञ्जन र उमेशलाल भिड्ने

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि फेरि मतदान हुने भएको छ । 

बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।  दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । 

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पहिलो चरणमा अञ्जनले ३७.९९ प्रतिशत र उनका निकटतम् प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । 

तेस्रो भएका संघाईले ३०.४६ प्रतिशत मात्र प्राप्त गरे । एसोसियटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी संघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।    

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे । त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।  

वैद्य संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट विजयी भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ पाए । उनका निकटतम् प्रतिद्वन्द्वी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे । 



वस्तुगत उपाध्यक्षमा निर्वाचित ढकालले ६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत ल्याए ।



  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ११:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया