logo-img

विद्युतीय सवारीसाधनको आयात बढ्यो, ९ महिनामा बाहिरियो ७ अर्ब

चालू आर्थिक वर्षको ९ महिनामा विद्युतीय सवारीसाधनको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएको छ । 

गत आवको सोही अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्र २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा १ सय १६ वटा मात्र विद्युतीय सवारीसाधन आयात भएको थियो । 

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । 

यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडी आयात भएका छन् । 



यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडी आयात हुने गरेको छ ।

सात अर्बका गाडी भित्रिए 



चालू आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारीसाधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ५ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । 

विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो । 

उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । रासस

  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १३:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया