पब्जी र वल्र्डलिंकबीच सम्झौता

चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकबीच सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो । 

नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधा एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभव प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ । 

नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर छन् । कार्यक्रममा बोल्दै वल्र्डलिंकका सिइओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउनका लागि सम्झौता भएको बताए । 

वल्र्डलिंंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएको उनले बताए । ​





  • प्रकाशित मिति : बैशाख १७, २०८० आइतबार २१:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया