logo-img

हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एकजनाको शव फेला

दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित भोलिङको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एकजनाको शव फेलापरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो । 

सोमबार दिउँसो थप एकजनाको शव भेटिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू र सीतापुल प्रहरी टोलीले उक्त शव फेला पारेको हो ।

यसअघि अन्य तीनजनाको शव फेला परेको थियो । यार्सागुम्बा टिप्नका लागि भोलममा पुगेका उनीहरु हिमपहिरोमा परेका थिए । 

दार्चुलाको दुहु गाउँपालिका–४ पोस्सेकी कमला कुँवर, उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका–२ बुडरीकी १५ वर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात रहेको छ । 




 



  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १८:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया