logo-img

हिमपहिरोमा बेपत्ता भएका पाँचैजनाको शव फेला

दार्चुलाको व्याँस गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचैजनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए। सातजनाले भागेर ज्यान जोगाएका थिए। 

हिमपहिरोमा बेपत्ता भएको नौ दिनपछि डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

व्याँस गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको उनले बताए । यसअघि अन्य चारजनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल किशोरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ। 

मृत फेला परेका पाँचैजनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ। नेपालतर्फ सुरक्षित बाटो नहुँदा भारतीय बाटोको प्रयोग गरेर शव खलंगा ल्याइएको हो। 

हिमपहिरोमा परेर दार्चुलाको दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका–२ डोटीका ४५ वर्षीया नवती डोमा थापा, २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर–५० का गुल्मपति ईश्वरी भट्टले बताए । 





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १७:५०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया