logo-img

जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिहरूको पुनः स्थापना र परिपूरणको कार्यलाई प्राथमिकता दिइने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू पूरा गर्न सरकार प्रयत्नशील रहेको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । उनले यस विषयमा वृहत् राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि उनले उल्लेख गरे । 

‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय सम्बन्धी सबै बाँकी कामहरू वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुसार समाधान गर्न सरकार दृढ र प्रयत्नशील छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिस समेतका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ,’ उनले भने, ‘यसै सदनमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र दुवै आयोग सम्बन्धी विधेयक संशोधन प्रक्रियामा छ । मैले सरकारको तर्फबाट यो विषयमा वृहत् राजनीतिक सहमतिको निम्ति निरन्तर प्रयास गरेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु । द्वन्द्वकालिन विषयका मुद्दाहरूमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिई उचित निष्कर्षमा पुर्‍याउन पनि म सदनसँग अनुरोध गर्न चाहन्छु ।’

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूलाई सहमतिमा टुङ्ग्याउन मुख्य राजनीतिक दलहरूका बीचमा समझदारी भएको पनि बताए । 






  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १४:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया