logo-img

प्रधानमन्त्री दाहालले भने- क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमितता नभएको स्पष्ट पारेका छन् । यदि फेरि माओवादी शिविर छानबिनबाट दोषी ठहरिए आफू जेल जान तयार रहेको पनि प्रधानमन्त्री दाहालले बताए ।  

उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । 

‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने ।  

उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको पनि दाबी गरे ।

‘पूर्वमाओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो । पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’ 






  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १४:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया