logo-img

बझाङको पाटनमा हिमपहिरो जाँदा तीन बेपत्ता, दुई घाइते

बझाङको पाटनमा हिमपहिरो जाँदा तीनजना बेपत्ता भएका छन्। यार्सा संकलनका लागि गएका तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अन्य दुईजना घाइते भएका छन्।

सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको हाे । 

सदरमुकामबाट स्थानीयलाई हिँडेरसमेत डेढ दिन लाग्ने उक्त पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने प्रहरीकाे भनाइ छ।





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १७:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया