logo-img

बझाङ हिमपहिरो : दुईको मृत्यु, दुई घाइते, एकजना अझै बेपत्ता
फाइल तस्बिर

बझाङमा हिमपहिरोमा परी दुईजना यार्सागुम्बा संकलकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सुर्मा गाउँपालिका–३ काँटेकी ३८ वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको मृत्यु भएको हो ।      

आइतबार सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेर पाँचजना यार्सागुम्बा संकलकको बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

पहिरोमा परी दुईजना घाइते भएका छन् । पहिरोमा परेर घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकाश धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा रहेका छन् । बाबजी मृतक रामकोइलाका श्रीमान् हुन् ।

हिमपहिरोमा बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १०:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया