logo-img

वित्तीय अपराध नियन्त्रणमा नेपालको कानुनलाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ : मन्त्री गुरुङ
फाइल तस्बिर

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानुनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन विधेयकको विषयमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले सम्पत्ति शुद्धीकरण निवारण विधेयक छिट्टै संसदबाट पास गरेर मनी लाउण्डरिङको कालोसूचीमा पार्नबाट जोगाउन आवश्यक रहेको बताए । उनले आर्थिक अपराध नियन्त्रण राज्यको दायित्व हो भन्ने कुरा स्थापित गर्न पनि २०८० जेठभित्र प्रस्तुत विधेयक पारित गर्न, थप दण्ड सजाय व्यवस्था गर्न आवश्यक रहेको बताए । 

मन्त्री गुरुङले आर्थिक अपराधमा अनुसन्धान तथा अभियोजन प्रभावकारी बनाउन र नियमन तथा सुपरिवेक्षणतर्फ कमजोर देखिएका क्षेत्रमा उल्लेख्य रूपमा सुधार गर्न विधेयक पास हुनुपर्ने बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन विधेयक बनाएर आर्थिक अपराध नियन्त्रणमा सरकार प्रतिबद्ध छ भन्ने सन्देश नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायमा जान सक्नुपर्ने बताए । 

उनले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा पर्नबाट जोगाउन भए पनि सरकारले प्रस्तुत गरेको विधेयकलाई समितिको प्राथमिकतामा राखी पारित गर्न आग्रह गरे । उनले विधेयक ल्याउन ढिला भइसकेकाले समितिले छिटै निष्कर्षमा पुर्‍याएर वित्तीय अपराध नियन्त्रणमा सहयोग गर्नुपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १६:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया