चेल्सीविरुद्ध सानदार जितका साथ तेस्रो स्थानमा उक्लियो युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीविरुद्ध म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सीविरुद्ध युनाइटेडले ४–१ को सानदार जित निकालेको हो । 

युनाइटेडको जितमा क्यासमिरोे, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस राशफोर्डले समान एक गोल गरे । चेल्सीका लागि जोओ फ्लेक्सले एक गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा क्यासमिरोले गोल गर्दै युनाइडेटलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्सियालले गोल गरेपछि युनाइटेड २–० ले अघि बढ्यो ।   

७३औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए । ७८औँ मिनेटमा मार्कस राशफर्डले गोल गर्दै युनाइटेडलाई ४–० ले अघि बढ्यो । ८९औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे पनि त्यो चेल्सीको जितका लागि पर्याप्त भएन । 

१२ औँ स्थानमा रहेको चेल्सीको १६औँ हार हो । उसको ३७ खेलबाट ४३ अंक छ । युनाइटेड भने यो जितपछि तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ३७ खेलबाट ७२ अंक जोडेको छ ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ७:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया