logo-img

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने
फाइल तस्बिर

सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बजेट भाषणमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गरिने बताएका हुन् ।

उनले उक्त रंगशालामा फ्लड लाइट राख्ने पनि बताएका छन्। यस्तै, मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिने छ। 

निर्माणाधीन धनगढी, इटहरी पोखरा नेपालगञ्जका प्रदेश रंगशाला र कभर्डहल निर्माण गर्न बजेट व्यवस्थापन गरेको पनि मन्त्री महतले बताए । 

सरकारले आगामी आर्थिक वर्षमा खेलाडीहरूलाई स्वरोजगार बन्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया