logo-img

एन्फाले बल्ल पायाे ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको मुख्य प्रायोजक पाएको छ । लिगको अन्तिम १० खेल बाँकी छँदा आयोजक एन्फाले मुख्य प्रायोजकका रूपमा कतार एयरवेजसँग सम्झाैता गरेकाे हाे ।

कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको 
एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको उनले बताए । उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

जारी सिजनको लिगमा एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १७:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया