logo-img

संसदीय सुनुवाइ समिति बैठक : प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिँदै

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलिने भएको छ । उनीविरुद्ध २९ उजुरी परेका छन् ।

कार्की​विरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताले नै संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गराएका हुन् । उनीविरुद्ध यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।  

सो समयमा परेका उजुरी सोमबार बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेन्डा रहेको छ ।  





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार ११:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया