logo-img

राष्ट्रपति पौडेलसमक्ष दुई देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । साेमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

इस्लामिक गणतन्त्रका राजदूत अबर हुसेन हासमी र गणतन्त्र कोरियाका राजदूत पार्क तायाेङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकाे राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । 

उक्त समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो। 

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १६:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया