logo-img

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा कार्कीको सुनुवाइ बिहान साढे ८ बजेदेखि सुरु भएको हो । 

बुधबार २९ उजुरीकर्तासँगको छलफलपछि समितिले कार्कीलाई बिहाबार सुनुवाइका लागि बोलाएको थियो । सरकारले गत २५ वैशाखमा प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । तर, संसदीय समिति गठन नहुँदा उनको सुनुवाइ रोकिन पुग्यो ।    

संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट  रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी रहेका छन् । यस्तै, एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य रहेका छन् । 

समितिले कार्कीको नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । हाल कार्की कायममुकायम प्रधानन्यायाधीश छन् । 
 





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ९:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया