logo-img

‘किड्स क्यापिटल नेपाल’को उपाधि निहारा र अदितीलाई

बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी (जुनियरतर्फ) ले जितेका छन् ।

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा डेनिषा श्रेष्ठ फस्ट रनर्स अप, आर्या कोइराला सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेन थर्ड रनर्सअप र छिरिङ लामाले फोर्थ रनर्सअप भए ।

प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन ।

प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए ।

प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १०:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया