logo-img

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्यो : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

केही वर्षअघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरे पनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको उनले बताए । सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने उनको भनाइ छ । नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताले सकेसम्म समस्याका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए । 

काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताउँदै उनले सरकारका समस्या, सुविधा र सरकारले जनतालाई दिने सेवाको विषयमा जनतासमक्ष संवाद गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । 

सरकारको काम गर्ने तरिकाकै कारण सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताउँदै उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधँै हेप्छन् भन्ने भाष्य रहेको बताए । 

समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाइन् । राहदानी लिनका लागि विभागमा लाइन हट्यो भने पनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको उनको भनाइ छ । 

सरकारले विभागमा लाइन नभएर पनि चार महिनासम्म घरमा नै बसेको कुरालाई ढाकछोप गर्न नहुने औँल्याउँदै उनले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार हुनुपर्ने बताइन् । 
 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १६:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया